Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विदेशी विनिमय सञ्चितिमा सुधार


विदेशी विनिमय सञ्चितिमा सुधार

काठमाडौं । चालू आर्थिक बर्ष २०७९÷८० को असार मसान्त १२ खर्ब १५ अर्ब ८० करोड बराबरको कुल विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भई २०८० बैशाख मसान्तमा १४ खर्ब ७० अर्ब ३३ करोड पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति’ सार्वजनिक गर्दै २०.९ प्रतिशत सञ्चिति भएको जनाएको हो । चालू आर्थिक बर्षको असार महिनामा अमेरिकी डलर ९ अर्ब ५४ करोड रहेकोमा आर्थिक बर्षको १० महिना सम्म आईपुग्दा अमेरिकी डलर सञ्चितिमा सुधार आएको हो । जसमा २०८० बैशाख मसान्तमा १७.६ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोड कायम भएको छ ।

त्यस्तै, कुल विदेशी विनिमय सञ्चिितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चििति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा बैशाख मसान्तसम्म आईपुग्दा २४.१ प्रतिशतले वृद्धि भई १३ खर्ब १० अर्ब ६६ करोड पुगेको छ । बैंक तथा वित्तिय संस्था( राष्ट्र बैंक बाहेकका) सँग रहेको विदेशी विनिमय सञ्चिति चालू आर्थिक बर्षको असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेको थियो भने बैंशाख मसान्त सम्ममा आईपुग्दा विदेशी विनिमय सञ्चिति ०.२ प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ६८ करोड पुगेको छ ।

देशको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश भने २२.६ प्रतिशत रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।