Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालका ४ उद्योगले भारतलाई बेचे ४२ करोडको ३ लाख ३८ हजार टन सिमेन्ट निर्यात


नेपालका ४ उद्योगले भारतलाई बेचे ४२ करोडको ३ लाख ३८ हजार टन सिमेन्ट निर्यात

काठमाडौं, असोज ९। चालू आर्थिक वर्ष को पहिलो दुई महिना नेपाली सिमेन्ट निर्यात क्रममा बढ्दो छ । आर्थिक मन्दी लगायतको मारमा परेका उद्योगीहरूलाई नै राहत हुनेगरि यसको निर्यात भएको हो । चालू आर्थिक वर्ष २०८०,८१ को पहिलो दुई महिना मा ४१ करोड ८४ लाख ८६ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ । समीक्षा अवधिमा ३ लाख ३८ हजार ४०८ टन नेपाली सिमेन्ट भारतीय बजारमा पुगेको हो । भन्सार विभागले हालै प्रकाशित गरेको चालू आवको भदौ मसान्तसम्मको वैदेशिक व्यापार सम्बन्धीको तथ्याङ्कले यस्तो देखाएको हो । सो अवधिमा सिमेन्ट र सिमेन्ट किङ्कर नेपाल निर्यात गरेको हो ।

देशभित्र सिमेन्टको माग कमी छ । तर, उत्पादन घटे पनि सिमेन्टमा निर्यात भने निरन्तर वृद्धि भएको छ । हाल नेपालका चार वटा उद्योगले भारत तर्फ सिमेन्ट निर्यात गर्दै आएका छन् । नेपालबाट घोराही, बालाजी, तानसेन, अर्घाखाँची सिमेन्ट भारततर्फ निर्यात हुँदै आएका छन् । नेपालबाट आधिकारिक रूपमा पहिलो पटक तानसेन सिमेन्ट भारत निर्यात भएको थियो । गत वर्ष असार २४ गते उक्त सिमेन्ट भारत निर्यात गरिएको थियो । बिशेषगरि भारतको विहार र उत्तर प्रदेशमा नेपाली सिमेन्टको माग बढ्दै गएको छ । त्यहाँका ग्राहकहरू नेपाली सिमेन्टको गुणस्तर प्रति सन्तुष्ट पनि छन् । त्यसले गर्दा निर्यात बढेको उद्योगीहरूको भनाइ छ।

आगामीमा दिनमा सिमेन्टको निर्यात अझै बढ्ने उद्योगीहरू बताएका छन् । भदौ मसान्तसम्मको तथ्याङ्क अनुसार सिमेन्ट भन्दा किङ्कर बढी निर्यात भएको छ। सो अवधिमा २५ करोड ३६ लाख रुपैयाँ बढीको १ लाख ११ हजार १०६ टन सिमेन्ट किङ्कर भारत पुगेको हो। तर, सिमेन्ट भने १६ करोड ४८ लाख रुपैयाँ बराबरको १ लाख २७ हजार ३०२ टन निर्यात भएको छ। गत साउनको तुलनामा भने नेपालबाट निर्यात हुने सिमेन्ट ७८.०८ प्रतिशतले वृद्धि भएको हो। गत साउनमा कुल २३ करोड ४९ लाख ८९ हजार रुपैयाँ सिमेन्ट तथा किङ्कर निर्यात भएको थियो । साउनमा पनि सिमेन्ट भन्दा किङ्कर नै बढी निर्यात भएको देखिन्छ।

विभागका अनुसार सो महिनामा १६ करोड ४४ लाख ६५ हजार रुपैयाँ बराबरको २५ हजार ७४२ टन किङ्कर भारतले किनेको थियो। साउनमा ७ करोड ५ लाख २४ हजार रुपैयाँ बराबरको ९ हजार ५७३ टन सिमेन्ट निर्यात भएको थियो। विशेषगरि सरकारी नीतिले पनि सिमेन्ट निर्यातमा थप टेवा पुगेको देखिन्छ। सरकारले सिमेन्ट निर्यातमा ८ प्रतिशत नगद अनुदान दिने नीति ल्याएको छ। त्यसबाट सिमेन्ट उद्योगहरू निर्यात गर्न प्रोत्साहित भएका छन्। नेपालमा उत्पादन पनि निरन्तर बढी रहेको अवस्था छ। नेपाली उद्योगहरू चलायमान हुन थालेका छन्। नेपाली सिमेन्ट उद्योग पूर्ण क्षमतामा चलाउन सकिएमा निकै सम्भावना रहेको बताए। सिमेन्ट निर्यात नेपालको विदेशी मुद्रा आर्जनको एउटा महत्त्वपूर्ण क्षेत्र बन्न सक्ने उद्योगीहरू बताएका छन् ।