Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

२ लाख भन्दा कमको चेक क्लिरिङ्ग गर्दा शुल्क नलिनुः राष्ट्र बैंक(सूचना सहित)


२ लाख भन्दा कमको चेक क्लिरिङ्ग गर्दा शुल्क नलिनुः राष्ट्र बैंक(सूचना सहित)

काठमाडौं । अब बाणिज्य बैंकहरुले दुई लाख सम्मको रकम चेक क्लियरिङ्ग गर्दा एबीबीएस लगायतको सेवा प्रदन गर्दा ग्राहकसँग कुनै सुल्क सेवा लिन नपाउने राष्ट्र बैंकले जनाएको छ ।

‘‘ आधारभुत वित्तिय सेवामा सबैको पहुँच सहज हुनुपर्दछ भन्ने मान्यताको आधारमा बैंक तथा वित्तिय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा, चेक स्टप पेमेन्ट गर्दा, ब्यालेन्स सर्टिफिकेट गर्दा, खाता सञ्चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, निष्क्रिय खाता सक्रिय गराउँदा, मोबाईले, इन्टरनेट बैंकिङ्गको नाम, पासवर्ड हराएमा,रु २ लाख भन्दा कम रकमको चेक क्लियरिङ्ग गर्दा र एबीबीएसलगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन नपाइने व्यवस्था गरिएको छ भने अन्य सेवाबापतको शुल्क सोही संस्थाले निर्धारण गर्ने गर्दछन ।’’ राष्ट्र बैंकको सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै, ‘‘वित्तिय सेवाको पारदर्शितको लागि सेवा शुल्कसम्बन्धी विवरण सार्वजनिक रुपमा जानकारी गराउनुपर्ने प्रावधान रहेकोले यी संस्थाले शुल्क सम्बन्धी विवरण आफ्नो वेवसाइटमा सार्वजनिक गर्ने गर्दछन् । कुनै पनि सेवा लिनुअघि यससम्बन्धी विवरण अध्ययन गर्नुपर्दछ । ’’

साथै, वाणिज्य बैंकहरुको एटिएमबाट कारोबार गरेबापत केन्द्रिय बैंकले यस अघि नै कर्जासम्बन्धी शुल्कहरुको सीमा निर्धारण गरेको पनि उक्त सूचनामा उल्लेख गरेको छ ।