Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कृषि उत्पादन बढाउन ‘उत्पादन साथमा अनुदान हातमा’


कृषि उत्पादन बढाउन ‘उत्पादन साथमा अनुदान हातमा’

काठमाडौँ । सरकारले कृषि अनुदानलाई उत्पादनमा आाधरित बनाउन ‘उत्पादन साथमा अनुदान हातमा’ नारा कार्यक्रम अघि सारेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दे अर्थमन्त्री प्रकाशशरण महतले कृषि उत्पादन बढाउन उत्पादन साथमा अनुदान हातमा कार्यक्रम ल्याएको बताए ।


‘बिउ खरिद, बीमा र यान्त्रिकरणमा दिँदै आएका अनुदान बाहेक बाँकी सबै कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने छ,’ उनले भने, ‘यस बमोजिमा अनुदान प्रणालीलाई पारदर्शी बनाउन नयाँ मापदण्ड तर्जुमा गरेर कार्यान्वयन गर्नेछौं ।’ यसले वास्तविक किसानलाई लाभ हुने समेत उनले बताए । साथै उनले औषधीय प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताए ।

कृषि अनुदान प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन आगामी साउन मसान्तभित्र नयाँ मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइने भएको छ । यसबाट कृषिमा प्रदान गरिँदै आएको अनुदान सदुपयोग नभएको भन्ने आम गुनासो सम्बोधन हुने र वास्तविक किसान लाभान्वित भई कृषि उत्पादन बढाउन सघाउ पुग्ने सरकारको भनाइ छ । प्रदेश तथा स्थानीय तहले समेत उत्पादनमा आधारित कृषि अनुदान प्रणाली अवलम्बन गर्नसक्ने अर्थमन्त्री महतले बताए । चालु आर्थिक वर्षका लागि कृषि तथा पशुपंक्षी मन्त्रालय अन्तर्गत ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । आगामी वर्ष यसको आकार ३ अर्बले बढेर ५८ अर्ब ९८ करोड पुगेको छ ।