Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

भन्सार जाँचपास गर्न चोभार सुक्खा बन्दरगाह आउन थाले नयाँ गाडी


भन्सार जाँचपास गर्न चोभार सुक्खा बन्दरगाह आउन थाले नयाँ गाडी

काठमाडौं,चोभारको सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि नयाँ सवारीसाधनसमेत आउन सुरु भएका छन्। २०७८ चैत २२ देखि सञ्चालनमा आएको सुक्खा बन्दरगाहमा कार्गो मात्र आउने गरेकोमा सवारीसाधन पनि जाँचपासका लागि आउन सुरु भएको हो। हालसम्म सांग्रिला मोटर्स प्रालि, जिओ अटोमोबाइल्स प्रालिलगायतका कम्पनीले पेट्रोलबाट चल्ने ८३ वटा गाडी भन्सार जाँचपासमा आइसकेको बन्दरगाह सञ्चालक नेपाल इन्टरमोडेल यातायात विकास समितिले बताएको छ। आयातकर्ताहरूले इलेक्ट्रिक गाडीसमेत भन्सार जाँचपासका लागि चोभार आउन सुरु गरेको बताइएको छ।

इभी नेपाल जी मोटर्स प्रालिले चारवटा इलेक्ट्रिक कार कन्टेनरमा राखी सुक्खा बन्रगाहमा ल्याएको हो। उक्त गाडीहरू भन्सार जाँचपासका लागि वीरगन्ज नाकाबाट सीधै चोभार सुक्खा बन्दरगाहमा ल्याइएको हो । चोभार भन्सार कार्यालयबाट भन्सार जाँचपास प्रक्रिया व्यवस्थित भएपछि सवारीसाधन चोभार आउन थालेको बताइएको छ। आगामी दिनमा अझै थप सवारी चोभार आउने जानकारी आयातकर्ताले गराएका छन्।

बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि कन्टेनराइज्ड माल वस्तु एवं नयाँ सवारीसाधन चोभार सुक्खा बन्दरगाहमा ल्याउन आयातकर्तासँग निरन्तर छलफल भइरहेको नेपाल इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिषले बताएका छन ।चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँचपासका लागि आउने मालवाहक सावरीसाधन एवं नयाँ सवारीसाधनका लागि प्रवेश निःशुल्क गर्नुका साथै पार्किङ एवं गोदाम शुल्कसमेत न्यूनतम गरी समितिले स्तरीय सेवा प्रदान गरिरहेको बताएको छ।

जसका कारण हालसम्म दुई सय दुईवटा कन्टेनर, ८३ वटा पेट्रोल र चारवटा विद्युतीय गाडीहरूको भन्सार जाँचपासका लागि आइसकेको भनाइ छ।सुक्खा बन्दरगाहको एक्जिम क्षेत्रमा भएका दुईवटा गोदाम पनि आयातकर्ताले सामान भण्डारका लागि प्रयोग गर्ने गरेको बताइएको छ । त्यस्तै, आन्तरिक टर्मिनलको पार्किङ एवं गोदाम प्रयोगका लागि आउने व्यवसायीहरूको संख्यासमेत बढ्दै गएको गजुरेलले बताएका छन्।