Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

जुलाईबाट साउदीले १० ब्यारेल तेल उत्पादन घटाउँने


जुलाईबाट साउदीले १० ब्यारेल तेल उत्पादन घटाउँने

एजेन्सी । साउदी अरेबियाले आउँदो जुलाईमा प्रतिदिन १० लाख ब्यारेल तेल उत्पादन घटाउने भएको छ ।

विश्वका प्रमुख तेल उत्पादक देशहरूको गठबन्धन ओपेक प्लसले तेलको मूल्यमा गिरावट र आपूर्तिमा अवरोधको सामना गरिरहेका बेला साउदीले यस्तो निर्णय गरेको हो ।

ओपेक प्लसका सदस्यहरूले अघिल्लो दुईपटक गरेको तेल उत्पादन कटौतीले समेत मूल्य बढाउन नसकेपछि साउदीले जुलाईमा उत्पादन कटौती गर्न लागेको हो ।

ओपेक प्लस रुसको नेतृत्वमा रहेको पेट्रोलियम पदार्थको निर्यात गर्ने देशहरूको संगठन हो । भियनास्थित मुख्यालयमा भएको सात घण्टाको वार्तापछि यी देशहरू सन् २०२४ को अन्त्यमा प्रतिदिन १४ लाख ब्यारेल तेल उत्पादन कटौती गर्न सहमत भएका छन् ।

ओपेक प्लसले विश्वको कुल ४० प्रतिशत तेल उत्पादन गर्छ । त्यसैले यसले विश्वको तेल बजारमा मूल्य तलमाथि गर्ने सामर्थ्य राख्छ ।

गत वर्ष ओपेक प्लसले प्रतिदिन २० लाख ब्यारेल तेल कटौती गरेको थियो । त्यो विश्वको मागको करिब २ प्रतिशत हुन्छ । गएको मेदेखि यसले प्रतिदिन १६ लाख ब्यारेल तेल उत्पादन कटौती गरेको थियो ।

पश्चिमा राष्ट्रहरूले ओपेकमाथि तेलको मूल्यमा खेलबाड गरी विश्व अर्थतन्त्रलाई कमजोर बनाएको आरोप लगाउँदै आएका छन् ।