Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रेमिट्यान्स बढ्दा विदेशीनेको संख्या पनि उच्च


रेमिट्यान्स बढ्दा विदेशीनेको संख्या पनि उच्च

काठमाडौं । विदेशबाट आउँने रेमिट्यान्समा वृद्धि भएको छ । चालू आर्थिक बर्षको १० महिनाको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति सार्वजनिक गर्दे राष्ट्र बैंकले रेमिट्यान्समा वृद्धि भएको जनाएको छ । चालू आर्थिक बर्षमा रेमिट्यान्स मार्फत २३.४ प्रतिशतले वृद्धि भई १० खर्ब ५ अर्ब १८ करोड पुगेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधीको रेमिट्यान्स ०.५ प्रतिशतले बढेको थियो ।

त्यस्तै, रेमिट्यान्स मध्ये सबैभन्दा धेरै अमेरिकी डलरको वृद्धि भएको छ । जसमा १३.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड पुगेको छ । अघिल्लो बर्षमा रेमिट्यान्स १.२ प्रतिशतले घटेकोमा चालू आर्थिक बर्षको समिक्षा आवधीमा बढेको हो ।
त्यस्तै, बैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत रुपमा जानेको संख्या पनि बढेको छ । जसमा समिक्षा अवधीमा रोजगारीको लागि विदेशिने नेपालीको संख्या ५१.४ प्रतिशतले वृद्धि भएर ४ लाख २१ हजार २ सय ७९ जना रोजगारीको लागि विदेशिएका हुन् ।

बैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ३.७ प्रतिशतले वृद्धि भएका छन् । जसमा २ लख ३८ हजार ९ सय ७६ जना छन् । भने अघिल्लो आर्थिक बर्षको बैशाख मसान्तमा पुनः विदेशिने १ सय ८५.५ प्रशितले बढेको थियो ।
साथै, बैशाख मसान्तको अवधीमा खुद ट्रान्सफर गर्नेमा समेत वृद्धि भएको छ । बैशाख मसान्तमा खुद ट्रान्सफर गर्ने २२.५ प्रतिशतले वृद्धि भई ११ खर्ब १० अर्ब २२ करोडको पुगेको छ । अघिल्लो आर्थिक बर्षको बैशाख मसान्तमा खुद ट्रान्सफर गर्ने भन्दा चालू आर्थिक बर्षमा ०.३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।