Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

‘ब्यूटी विथ ए पर्पोज’ परियोजनामा वृज सिमेन्ट


‘ब्यूटी विथ ए पर्पोज’ परियोजनामा वृज सिमेन्ट

काठमाडौं । वृज सिमेन्ट इन्डस्ट्रिज प्रा. लि.ले मिस वर्ल्ड २०२३ ‘ब्यूटी विथ ए पर्पोज’ परियोजनाका लागि सहयोग गर्ने भएको छ । यही डिसेम्बर २०२३ भारतमा हुन गइरहेको मिस वर्ल्ड २०२३ प्रतियोगितामा मिस नेपाल २०२२ प्रियंकारानी जोशीद्वारा प्रस्तुत गरिने ‘ब्यूटी विथ ए पर्पोज’ परियोजनामा वृज सिमेन्टको सहभागीता रहने जनाइएको छ ।

मिस नेपाल २०२२ प्रियंकारानी जोशीको परियोजनाका लागि आवश्यक पर्ने सिमेन्ट वृज सिमेन्ट र पुष्पतारा केडिया सेवा फाउण्डेशनले संयुक्त रूपमा प्रदान गर्ने कम्पनीले जनाएको हो । केडिया अर्गनाईजेसन अन्तर्गतको संस्था वृज सिमेन्ट विगत लामो समयदेखि नेपाली बजारमा आफ्नो गुणस्तरीय उत्पादन तथा उत्कृष्ट सेवाको लागि परिचित रहेको छ ।

भने, पुष्पतारा केडिया सेवा फाउण्डेशनले विभिन्न क्षेत्रहरूमा क्रियाशिल सामाजिक संघसंस्थालाई आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न परियोजनाहरूका लागि सहायता प्रदान गर्दै आइरहेको छ । पुष्पतारा केडिया फाउण्डेशन स्वास्थ्य, शिक्षा, खेलकुद र सांस्कृतिक उत्थानको लागि कार्य गर्ने उद्देश्यका साथ स्थापना गरिएको नाफारहित सामाजिक संस्था हो ।