काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडमा कार्यरत दोलखाका स्थानिय कर्मचारीहरुले धर्ना सुरुगरेका छन् । करारमा कार्यरत कर्मचारी संघर्ष समितिले
आज र भोली शान्तिपूर्ण धर्ना सुरु गरेको हो ।
कम्पनी व्यवस्थापनले विगत २ वर्षदेखि उपलब्ध गराउँदै आएको सेवा सुविधामा विभेद गरिएको भन्दै धर्ना दिने लागेको विज्ञप्तीमा उल्लेख छ । त्यस्तै, समितिले असोज ६ गतेदेखि माग पुरा नभएसम्म कम्पनीको सवारी साधन सञ्चालनमा पनि रोक लगाउने बताएको छ। यसअघि भदौ २८ गतेदेखि असोज ३ गतेसम्म एक हप्ताको अल्टिमेटम दिइ माग पुरा गर्न आग्रह गरेको थियो ।