Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ग्लोबल आइएमई बैंकका ग्राहकलाई डिजिटल कारोबारहरूमा छुट


ग्लोबल आइएमई बैंकका ग्राहकलाई डिजिटल कारोबारहरूमा छुट

काठमाडौं, ग्लोबल आइएमई बैंकले दसैंको अवसरमा ग्लोबल आइएमई बैंकको साथमा दसैं रमाइलो भन्ने नारा सहित विभिन्न डिजिटल कारोबारहरूमा छुट तथा क्यासब्याक योजना सार्वजनिक गरेको छ। बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकहरूले आफूलाई आवश्यक सर–सामानहरू खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पिओएस मेसिनबाट भुक्तानी गर्दा ३०० रुपैयाँ देखि ५०० रुपैयाँ सम्मको नगद फिर्ता हुनेछ।

यस नगद फिर्ता योजनाद्वारा बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकहरूले योजना अवधिभर कम्तीमा एक हजार रुपैयाँको ३ वटा कारोबार गर्दा तीन सय रुपैयाँ तथा ५ वा सोभन्दा बढी पटक कार्डको प्रयोग गरी भुक्तानी गर्दा तीन सय रुपैयाँ नगद फिर्ताबाट लाभान्वित हुन सक्नेछन्।

यो योजना आज देखि कात्तिक ७ गतेसम्म साँझ ५ बजेदेखि बेलुका ८ बजेसम्म लागु हुनेछ। साथै, बैंकले आफ्नो मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत बैंकका मोबाईल बैंकिङ प्रयोगकर्ताहरूले आफूलाई आवश्यक सरसमानहरू खरिद गर्दा क्युआर कोड स्क्यानमार्फत् भुक्तानी गर्दा दसैं प्रोमो कोड प्रयोग गरी आफ्नो खरिद मूल्यमा तुरुन्तै १० प्रतिशत वा अधिकतम तीन सय रुपैयाँसम्मको नगद छुट पाउन सक्नेछन्।

बैंकले ३५० शाखा, ३६९ एटिएम, ३२२ शाखा रहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गरेको छ।