Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

स्वदेशमै रासायनिक मल कारखाना स्थापित गर्ने


स्वदेशमै रासायनिक मल कारखाना स्थापित गर्ने

काठमाडौं । सरकारले किसानलाई रासायनिक मलमा  ३० अर्ब रुपैयाँ अनुदान रुपैयाँ विनियोजन गर्ने भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।रासायनिक मल खरिद प्रक्रियामा सुधार गरी समयमै आपूर्ति सुनिश्चित गरिने अर्थमन्त्री महतले बताएका छन् ।

मल आपूर्तिलाई व्यवस्थित र पारदर्शी बनाइने पनि सरकारले घोषणा गरेको छ । स्वदेशमै रासायनिक मल कारखाना स्थापित गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी सार्वजनिक निजी साझेदारीमा लगानी बोर्डमार्फत काम अघि बढाइने सरकारले बजेट भाषणमा उल्लेख गरेको छ । किसानले समयमै रासायनिक मल नपाउने नेपालको पुरानै समस्या हो । सरकारले स्वदेशमै मल कारखाना खोल्ने बताउँदै आए पनि कार्यान्वयन भने हुन सकेको छैन ।