Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

च्याटजीपीटीको प्रयोगबाट लेखकले तयार पारे ९७ ओटा उपन्यास

५०० प्रति बिक्री गरेर दुई हजार डलर आम्दानी


च्याटजीपीटीको प्रयोगबाट लेखकले तयार पारे ९७ ओटा उपन्यास

काठमाण्डौं । एक लेखकले ९ महिनाको अवधिबीचमा स्मार्ट प्रविधि आर्टिफिसियल इन्टेलिजेन्स टुल प्रयोग गरी ९७ ओटा उपन्यास लेखेका छन् ।


लेखक टिम ब्राउसेरले एआई टुलको प्रयोग गरेर छोटो अवधिमा यति धेरै संख्यामा उपन्यास प्रकाशित गरेको दाबी गरेका हुन् ।


न्युज विक नामक साइटका अनुसार ब्राउसेरले तयार गरेका पुस्तकहरूलाई केवल पुस्तक मात्र नभएर उनले मानवको रचनात्मक क्षमतालाई परीक्षण गर्ने एक माध्यमका रूपमा लिएको भन्दै लेखकले ओपनएआईले तयार गरेको च्याटजीपीटी र एन्ट्रोपिक टुल क्लाउडी प्रयोग गरेर पुस्तक तयार पारेको लेखिएका छ । त्यस्तै उपन्यासभित्र रहेका तस्वीरका लागि उनले ’मिडजर्नी’ नामक टुलको प्रयोग गरेको सो साइटमा उल्लेख गरेको छ ।


ब्राउचरले अगस्टदेखि मे महिनाको बीचमा आफ्ना पुस्तकको ५०० प्रति बिक्री गरेर दुई हजार डलर आम्दानी गरिसकेका छन् । उनले आफ्ना पुस्तक न्यूनतम १.९९ अमेरिकी डलर (करिब २६० रुपैयाँ) र बढीमा ३.९९ अमेरिकी डलर (करिब ५२५ रुपैयाँ )मा बिक्री गरेको समाचार साईटमा उल्लेख गरेको छ ।


आर्टिफिसियल इन्टेलिजेन्सको दायरा ठूलो भएकाले त्यसलाई हरेक क्षेत्रका मानिसहरूले प्रयोग गर्न सक्ने भन्दै ब्राउसरले पुस्तक बिक्रीका लागि एआई टुलको प्रयोग गरी मिनि–एप्लिकेसनसमेत बनाएको सो अनलाईन पत्रिकालाई जानकारी दिएका छन् ।
पछिल्लो समय युरोपेली बजारमा एआईद्वारा तयार पारिएका उपन्यासको सङ्ख्या पनि बढिरहेको छ । बिजनेस इन्साइडरका अनुसार गत फेब्रुअरीमा बजारमा आएका करिब २०० पुस्तकको सह–लेखक च्याटजीपीटी थियो ।