काठमाडौं । महोत्तरीमा अज्ञात समूहले बैंक लुटेका छन् । सोमबार मध्याह्न साढे १२ बजेतिर महोत्तरी गाउँपालिका–२, महोत्तरीबजारस्थित एनएमबी बैंकको शाखामा लुटपाट भएको प्रहरीले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लका अनुसार ४ जनाको समूहले कर्मचारीलाई पेस्तोल देखाएर करिब ३५ लाख लुटेको बताए । उनीहरुले लुटिएको रकममा २ देखि ३ लाख तलमाथि हुनसक्ने बैंकले जनाएको छ ।