काठमाडौं । चिनियाँ लगानीमा विद्युतीय गाडी नेपालमै बनाउने सम्झौता भएको छ।
कोशी एनके मोटर्स र चिनियाँ कम्पनी सिमेन गोल्ड ड्रागन अटो बडी को लिमिटेडबीच विराटनगरमा विद्युतीय गाडी बनाउने सम्झौता भएको हो।
शैक्षिक क्षेत्रमा लगानी गरेका टिकाराम पुरीको कम्पनीले नेपालमा गाडी उत्पादन गर्न चिनियाँहरुसंग समझदारी गरेको छ।
नेपालमा चारपांग्रे गाडी उत्पादन गर्ने बताइएको छ। चीनमा भएको सम्झौतामा पहिलो चरणमा ३ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ।