Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

साताको सेयर बजारः बैंकिङ कारोबारमा उच्च गिरावट


साताको सेयर बजारः बैंकिङ कारोबारमा उच्च गिरावट

काठमाडौं । यो साता सेयर बजार ४.२९ प्रतिशत घटेको छ । गत साता २७४५ मा बन्द भएको बजार यो साता ११८ अंक घटेर २६२७ मा बन्द भयो । गत साता सेयर बजार २.८८ प्रतिशत अर्थात् ७७ अंकले बढेको थियो ।

यो साता पाँचै दिन कारोबार भएको छ । आइतबार ४७.४४ र सोमबार ५७.९९ अंक घटेको बजार मंगलबार २५.८८ अंक बढ्यो । बुधबार २०.४१ र बिहीबार १८.२५ अंक घटेसँगै २६२७ मा बन्द भयो ।

बजार घट्दा कारोबार रकम पनि घट्दो देखिन्छ । आइतबार ८ अर्ब १८ करोडको कारोबार भएको थियो । सोमबार ५ अर्ब ९० करोड, मंगलबार ४ अर्ब १७ करोडको कारोबार भएकोमा बुधबार ६ अर्ब २७ करोडको भयो । अन्तिम दिन बिहीबार ५ अर्ब ४१ करोडको कारोबार भयो ।

यो साता मूल्य उच्च दरमा बढेका कम्पनीमा अधिकांश फाइनान्स र हाइड्रोपावर समूहका रहे । त्यस्तै मूल्य उच्च दरमा घट्नेमा अधिकांश बैंकिङ सेक्टरका कम्पनी रहे ।