काठमाडौं,सरकारले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरेको छ। संसद्मा रहेका दलहरूबीचको सहमतिको आधारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा भइरहेको सुन तस्करीको छानबिन र सुझाव सहितको प्रतिवेदन पेश गर्ने गरी उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा ४ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
सुन तस्करी छानबिनका लागि पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा ४ सदस्यीय जाँचबुझ आयोग गठन मन्त्रिपरिषद्ले असोज ५ गते नै आयोग गठन गर्ने निर्णय गरेको थियो। तर त्यसमा केही समस्याहरू थिए, उनले भनिन्,अहिले ती समस्या रहेका विषयहरू सहमति भएपछि आयोगलाई पूर्णता दिइएको छ।