Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सोनापुर मिनरल्सको आइपीओ बाँडफाँट


सोनापुर मिनरल्सको आइपीओ बाँडफाँट

काठमाडौं,सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको कार्यालयमा कम्पनीको आइपीओ बाँडफाँट भएको हो। कम्पनीले असोज १४ गतेदेखि १८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा १ करोड ३ लाख २१ हजार ३२८ कित्ता कर्मचारीमा बाँडफाँट नभएको शेयर सहित यर निष्काशन गरेको थियो।

सो सेयरमा कुल ११ लाख ४६ हजार६६१ लगानीकर्ताले १ करोड ५१ लाख ५९ हजार ९२० कित्ता सेयरका लागि आवेदन दिएका थिए। सोमध्ये १० लाख ४० हजार ७७० आवेदन स्वीकृत भएको क्यापिटलले बताएको छ। माग भन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियाद्वारा कम्पनीको आइपीओ बाँडफाँट गरिएको छ।

जस अनुसार १० लाख ३२ हजार १३२ आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्। त्यसरी बाँडफाँट गर्दा बाँकी रहेको ८ कित्ता सेयर पनि सोही लगानीकर्ताहरुमा नै वितरण गरिएको छ। अर्थात १० लाख ३२ हजार १३२ आवेदकमध्ये ८ जनाले कम्पनीको थप एक कित्ता सेयर प्राप्त गरेका छन्।