काठमाडौं। सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड विनियोजन गरेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार बजेट भाषण गर्दै उक्त घोषणा गरेका हुन्। चालू आर्थिक वर्षमा कृषि मन्त्रालयको बजेट ५५ अर्ब ९७ करोड रहेको छ।