Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मध्यअसारमा देशभर ११ प्रतिशत मात्र धान रोपाइँ, कर्णाली र सूदूरपश्चिममा २३ प्रतिशत


मध्यअसारमा देशभर ११ प्रतिशत मात्र धान रोपाइँ, कर्णाली र सूदूरपश्चिममा २३ प्रतिशत

काठमाडौं,१६ असार । समयमा बर्षा नहुदा मध्यअसारमा देशभर ११ प्रतिशत मात्र रोपाइँ भएको छ । बिउ, सिंचाई र मनसुनका कारण गत वर्षको तुलनामा यस वर्ष आसर १५ सम्म धान रोपाइँ कम भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा १४ लाख ९६ हजार ३०६ हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य लिइएकोमा हालसम्म १ लाख ६६ हजार ६२३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । केन्द्रका अनुसार हालसम्म देशभरमा ११ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । केन्द्रका प्रमुख डा. रामकृष्ण श्रेष्ठका अनुसार सबैभन्दा बढी धान रोपाइँ कर्णाली र सूदूरपश्चिम प्रदेशमा भएको छ । कृषि मन्त्रालयका अनुसार २०७९/८० को असार १० गतेसम्म दुई लाख ८७ हजार ४ सय ७० टन मल वितरण भएको छ ।

यही अवधिमा तीन लाख ५१ हजार टन मल आयात भएको छ । कृषि मन्त्रालयका अनुसार २०७९/८० मा ५४ लाख ८६ हजार ४ सय ७२ टन धान उत्पादन भएको छ । यो परिमाण २०७८/७९ को तुलनामा ३ लाख ५५ हजार ८ सय ४७ टन बढी हो । बेमौसमी वर्षाले धानबालीमा क्षति हिुँदा २०७८/७९ मा ५१ लाख ३० हजार ६ सय २५ टन मात्रै उत्पादन भएको थियो । यस्तै आर्थिक वर्ष २०७७/७८ मा देशमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा ५५ लाख ५० हजार टन धान उत्पादन भएको थियो। भन्सार विभागको तथ्यांकअनुसार २०७८/७९ मा ४५ अर्ब ५७ करोडको १० लाख ८३ हजार मेक्ट्रिकटन , २०७९/८० को ११ महिनामा ३३ अर्ब ६३ करोड रुपैयाँको ७ लाख २४ हजार मेक्ट्रिकटन को धान–चामल आयात भएको छ । यस्तै आर्थिक वर्ष २०७७/७८ मा ५० अर्ब ७९ करोडको १२ लाख ६६ हजार मेक्ट्रिकटन र आर्थिक वर्ष २०७६/७७ मा ३३ अर्ब ६५ करोड बराबरको ७ लाख १५ हजार मेक्ट्रिकटन चामल आयात भएको थियो ।