Saturday, July 05, 2025

२०८२ असार २१, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बागमती प्रदेशसभा:प्रतिपक्ष दलहरूले बजेटको पूरक प्रस्ताव माग


बागमती प्रदेशसभा:प्रतिपक्ष दलहरूले बजेटको पूरक प्रस्ताव माग

काठमाडौं । बागमती प्रदेशसभा बैठक सञ्चालन गर्न प्रतिपक्ष दलहरूले बजेटको पूरक प्रस्ताव माग गरेका छन् । सरकारले प्रस्तुत गरेको बजेट कार्यक्रममा छुटेका विषयहरू समेटेर पूरक प्रस्ताव संसदमा नल्याएसम्म बैठक चल्न नदिने माओवादी केन्द्रको अडान रहेको छ ।

माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले संसदमा बजेटको पूरक प्रस्ताव दर्ता नभएसम्म बैठक चल्न नसक्ने बताए । उनका अनुसार सरकारसँग शुक्रबारबाटै निरन्तर छलफल भइरहेको र सरकारलाई प्रतिपक्षको तर्फबाट सहमतिमा उल्लेख भएका विषयहरू कार्यान्वयन गर्न तथा बजेटको पूरक प्रस्ताव ल्याउन माग गरिएको हो ।

सरकारले प्रतिपक्षको मागका सन्दर्भमा सकारात्मक देखिएर आवश्यक प्रबन्धमा लागेको उनले बताए । यता सरकार भने माओवादी केन्द्रले माग गरे बमोजिमको विषय सम्बोधनमा लागेको मुख्यमन्त्री बहादुरसिंह लामाको सचिवालयले जनाएको छ ।

सचिवालयका एक सदस्यका अनुसार संसदमा दर्ता भएको सङ्कल्प प्रस्तावमा नै उक्त पूरक प्रस्ताव समावेश गर्ने विषयमा प्रक्रिया मिलाउन मुख्यमन्त्री लामा लागिरहेका छन् । यसै बिच शनिवार दिउसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर ३ बजेसम्म सारिएको छ ।