Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बैंकहरुले दुई महिनामा कमाए साढे १६ अर्ब नाफा


बैंकहरुले दुई महिनामा कमाए साढे १६ अर्ब नाफा

काठमाडौं, बैंकहरुले दुई महिनामा कमाए साढे १६ अर्ब, बिग मर्जर गरेका यी बैंकमा देखियो प्रतिष्पर्धा बैंकहरुले चालू आर्थिक वर्षको पहिलो दुई महिनामा साढे १६ अर्ब रुपैयाँ नाफा कमाएका छन्।नेपाल राष्ट्र बैंकले सार्वजानिक गरेको भदौ महिनासम्मको विवरणमा २० बैंकले १६ अर्ब ६४ करोड रुपैयाँ नाफा कमाएका छन्। गत आर्थिक वर्षको यसै अवधिमा १६ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएकोमा चालू आर्थिक वर्षको सोहि अवधिमा ५४ करोड बढी नाफा कमाएका हुन्।

चालू आर्थिक वर्षको भदौसम्ममा पनि पूँजीको आधारमा सबै भन्दा ठुलो बैंक ग्लोबल आइएमई बैंकले सबै भन्दा धेरै नाफा कमाएको छ। बैंकले दुई महिनामा १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको हो। यस्तै नविल बैंकले १ अर्ब ५६ करोड रुपैयाँ नाफा कमाएको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि १ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएको छ। गत वर्ष विग मर्जर गरेका यी बैंकमा नाफामा नम्बर एक हुने कडा प्रतिशपर्धा देखिएको छ।

'गत वर्ष विग मर्जर गरेका बैंकहरुले अन्य बैंकहरुलाई नाफामा उछिनेका छन्।यस्तै हिमालयान बैंकले १ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएको छ भने कुमारी बैंकले १ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएको छ। गत वर्ष नै विग मर्जर गरेका प्रभु र सनराइज लक्ष्मी बैंकले भने दुई महिनामा पनि १ अर्ब भन्दा कम नाफा कमाएका छन्।अन्य बैंकहरुको तुलनामा यी बैंकको नाफा केही कम छ।