Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

साताको सेयर बजारः २.५ प्रतिशतले वृद्धि, कुनकुन कम्पनीको मूल्य बढ्यो?


साताको सेयर बजारः २.५ प्रतिशतले वृद्धि, कुनकुन कम्पनीको मूल्य बढ्यो?

काठमाडौं । यो साता सेयर बजार २.५५ प्रतिशत बढेको छ । गत साता २५८८ मा रहेको बजार यो साता ६६ अंक बढेर २६५४ मा बन्द भयो ।

यो साता पहिलो दिन आइतबार १२.५८ अंक बढेको बजार सोमबार ६.७८, मंगलबार ५.०८ र बुधबार ५२.३६ अंक बढ्यो । अन्तिम कारोबार दिन बिहीबार ११.१० अंक घट्यो ।

बजार बढ्दा कारोबार रकमले पनि साथ दिएको छ । आइतबार ६ अर्ब २५ करोड, सोमबार ६ अर्ब ५७ करोड, मंगलबार ६ अर्ब १९ करोड, बुधबार ९ अर्ब २० करोड र बिहीबार ७ अर्ब ८५ करोडको भयो ।

यो साता फाइनान्स बाहेक सबै सेक्टर बढेका छन् । फाइनान्स सेक्टर भने २.८४ प्रतिशत घट्यो । गत साता पनि यो सेक्टर सबैभन्दा धेरै घटेको थियो । यो साता अन्य सेक्टर सबैभन्दा धेरै ९.४० प्रतिशत बढ्यो ।

रकमका आधारमा यो साता धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर सबैभन्दा माथि देखियो । त्यसपछि क्रमशः नेपाल पुनर्बीमा, सप्तकोशी विकास बैंक, हिमालयन रिइन्स्योरेन्स, सीएचडीसी, सिन्धु विकास बैंक, हिमालयन पावर पार्टनर, रिभर फल्स पावर, सानिमा मिडिल तमोर र सुपर मादी हाइड्रोपावर रहे ।

कारोबार संख्याका आधारमा यो साता हिमालयन रिइन्स्योरेन्स सबैभन्दा माथि रह्यो । हिमालयनपछि नेपाल पुनर्बीमा, पोखरा फाइनान्स, जानकी फाइनान्स, नेपाल फाइनान्स, नेपाल इन्फ्रास्ट्रक्चर, नेपाल रिपब्लिक मिडिया, सिटिजन्स लाइफ इन्स्योरेन्स र सानिमा मिडिल तमोर र हिमालयन पावर पार्टनर क्रमशः अगाडि रहे ।