Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पेट्रोलियम पदार्थको मूल्य घट्यो


पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपियाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपियाँ घटाएको हो । 

निगम सञ्चालक समितिको बैठक निर्णयअनुसार इन्धनको मूल्य घटाउने निर्णय भएको हो । निगमले घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू भएको  छ ।

मूल्य घटेसँगै पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा एकसय ६२ रुपियाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा एकसय ६४ र तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा एकसय ६५ रुपियाँ मूल्य कायम भएको   छ ।

त्यसैगरी डिजेल र मट्टितेलमा पहिलो वर्गअन्तर्गत एकसय ४९ रुपियाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत एकसय ५१ र तेस्रो वर्गअन्तर्गत एकसय ५२ रुपियाँ मूल्य कायम गरिएको निगमले जनाएको छ ।