Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

के सहकारीको सम्पत्ती रोक्का प्रक्रिया अघि बढेको हो ? कीर्तिपुरका सहकारीमा त्यसको सम्भावना कति ?

शिबशिखरको सम्पत्ती लिलामीबाट रोक्न माग


के सहकारीको सम्पत्ती रोक्का प्रक्रिया अघि बढेको हो ? कीर्तिपुरका सहकारीमा त्यसको सम्भावना कति ?

काठमाडौं । पछिल्लो समय देशका अधिकांस सहकारीहरुमा आर्थिक तरलता यथावत रहेको छ । त्यसमा पनि ठुला भनिएका सहकारीहरुले निक्षेप फिर्ता गर्न नसक्दा थप सकस बढेको हो । अहिले देशका ठुला सहकारीहरुले निक्षेप कर्ताको खर्बाै रकम हिनामिना गरेको र निक्षेप फिर्ताकालागि आनाकानी गरिरहेको आरोप लागिरहेको छ । यस्तो अवस्थामा निक्षेपकर्ताले आफ्नो रकम सुरक्षित गर्ने एउटा माध्यम भनेको सहकारीको सम्पत्ती निक्षेपकर्ताको नाममा नामसारी गर्ने । तर, त्यहि सम्पत्ती अहिले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले रोक्काको प्रक्रिया अघि बढाएका छन् ।


जसले गर्दा निक्षेपकर्ताको रकम थप जोखिममा पर्ने देखिएको छ । अहिले बागलुङमा रहेको देवकुमार नेपालीले सञ्चालन गरेको इमेज बचत तथा ऋण सहकारी लि.,केदारनाथ शर्मा न्यौपानेको शिवशिखर बहुउद्देश्यीय सहकारी लि. र तुलसी सहकारी संस्था, सुनसरी धरानमा रहेको बराह बचत तथा ऋण सहकारी संस्था लगायतका विभिन्न सहकारीको सम्पत्ती रोक्काको प्रक्रिया अघि बढिसकेको छ । यो सँगै ओरियन्टल सहकारी संस्थाका अध्यक्ष सुधीर बस्नेत, ईच्छाराज तामाङको सिभिल सहकारीको सम्पत्ती रोक्का भइसकेका छन् ।


जसले गर्दा निक्षेपकर्ताको रकम फिर्ताको कुनै सम्भावना छैन् । सहकारी ऐनको व्यवस्थाअनुसार सहकारीमार्फत किनेका सबै सम्पत्ती वचतकर्ताहरुको हुने भएपनि प्रक्रिया अधुरो हुदा थप समस्या देखिएको हो । सहकारी कमजोर भएको अवस्थामा बैंक, सहकारी र सरकारी माफियाहरु मिलेर लिलामी गरी वचतकर्तारुहको रकम डुबाउन खोजिएको भन्दै सम्बन्धीत निकायको ध्यानाकर्षण गराउन सुरु भएको छ । सहकारी संस्थाको नामको सम्पत्ती धितोमा राखी बैंकबाट ऋण लिएको सहकारीले ऋण तिर्न नसकेपछि हाल बैंकहरुले धमाधम लिलामीको प्रकियामा अगाडी बढाउने तयारी गरेका छन् । सहकारीको सम्पती लिलामी हुने भएपछि वचतकर्ताहरु तानवमा छन् ।

शिबशिखरको सम्पत्ती लिलामीबाट रोक्न माग
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका वचतकर्ताहरुले सहकारीको नाममा रहेको सम्पत्ती लिलामीबाट रोक्न माग गरेका छन् । सहकारीको नाममा रहेको सम्पत्ती वचतकर्ताहरुबाट संकलित रकमबाट खरिद गरेको सम्पत्ती भएको भन्दै उनीहरुले लिलामीबाट रोक्न माग गरेका हुन् । समस्याग्रस्तमा सूचिकृत उक्त संस्थाले विभिन्न १३ वटा बैंकबाट करिव ७ अर्ब रुपैयाँ ऋण लिएको छ । उनीहरु बैंकले लिलाम गर्न लागेको सम्पत्ती वचतकर्ताहरुको भएको भन्दै तत्काल लिलामी प्रक्रिया रोकेर उक्त सम्पतीलाई कुनै व्यापारी प्रतिष्ठानहरुले किन्ने र वचत रकम फिर्ता गरिदिनुपर्ने माग राखेका छन्।

बैंकले सबै सम्पत्ती लिलामी गरेर आफूहरुको लगानी नउठ्ने भन्दै उनीहरु चिन्तित छन्। यस्तै चल्दा चल्दैको उद्योगहरु बन्द भएको भन्दै उक्त उद्योग सञ्चालनमा ल्याई वचतकर्ताहरुको रकम फिर्ता गर्न पनि सुझाव दिएका छन्।सहकारीले देशभरका करिव दुईलाख वचतकर्ताको १० अर्ब रुपैयाँ भन्दा धेरै रकम हिनामिना गरेको आरोपमा सहकारीका सञ्चालक एवं पूर्वअध्यक्ष केदारनाथ शर्मा र संस्थाको लगानी रहेको कम्पनी शिखर अर्गनाइजेसनकी अध्यक्ष गीता शर्मासहितका व्यक्तिहरु थुनामा छन्। गीता शर्मा सञ्चालक शर्माकी श्रीमती हुन्। उक्त सहकारीले बचतकर्ताबाट संकलित रकमबाट सातै प्रेदेशमा ४३ वटा विभिन्न कम्पनीमार्फत लगानी गरेको छ ।


सहकारीले गोर्खा टी एण्ड कफी, गोर्खा टोब्याको, गोर्खा बेभरेज, उपकार ब्राण्डका घिउ, अचार, पानी, तुल्सी ब्राण्डका कम्पनी, चक्लेट कम्पनी, देशभर सञ्चालित २३ वटा गाडेन मार्ट लगायतमा लगानी गरेका छन् । यस्तै काठमाडौं, भक्तपुर, ललितपुर चितवन र मकवानपुर लगायत ठाउँमा दुई सय विगा भन्दा धेरै जग्गा खरिद गरेको छ । सरकारीको नाममा करिव ५ सय वटा सवारीसाधन पनि छन्। सरकारले गत भदौदेखि उक्त सहकारीलाई समस्याग्रस्तमा राखेसँगै हाल सबै कम्पनी प्रायः बन्द अवस्थामा छन् । भने सहकारीको नामको सम्पत्ती बैंकले रोक्का राखेको छ । वचतकर्ताहरुको रकम हिनामिना गरेको सहकारीका पूर्वअध्यक्ष एवं सञ्चालक केदारनाथ शर्माले भारतको राजस्थानमा नेपाः शिखर इण्डिया नामक कम्पनीमा लगानी गरेको आरोप पनि छ ।


कीर्तिपुरका सहकारीको सम्पत्ती रोक्का हुने सम्भावना कति ?
संघीय राजधानीको ऐतिहासिक शहरका रुपमा रहेको कीर्तिपुर नगरपालिकाभित्र करिब ८४ बढी सहकारी संस्थाहरु छन् । त्यसमा केहि ठुला सहकारीहरुले राम्रो निक्षेप संकलन गरिरहेका छन् । अहिले कीर्तिपुरका अधिकांस सहकारीमा आर्थिक तरलता रहेको छ । तर, अहिलेसम्म कीर्तिपुरका सहकारीहरु संकटग्रस्त घोषणा भएका छैनन् । तर, निक्षेपकर्ताको ताकेताले थप समस्या देखिएको छ । कीर्तिपुरका ठुला भनिएका सहकारीहरु कीर्तिपुर बहुउदेश्यीय सहकारी संस्था लि., दर्शन बचत तथा ऋण सहकारी संस्था लि., परिवर्तनकारी बचत तथा ऋण सहकारी संस्था लि., कीर्तिपुर उपभोक्ता सहकारी संस्था लि., सुनौलो कीर्तिपुर बचत तथा ऋण सहकारी संस्था लि.,कृषि विकास बहुउदेश्यीय सहकारी संस्था लि.,लगाएतका सहकारीहरुमा पनि पछिल्लो समय आर्थिक तरलता रहेको छ ।

यस्तो अवस्थामा केहि गरि बैंक तथा वित्तीय संस्थाहरुले सहकारीको नाममा रहेको सम्पत्ती रोक्का गरिदिए ठुलो संख्यामा निक्षेपकर्ताहरुको रकम ढुब्ने निश्चीत प्रायःछ । कीर्तिपुरका अधिकांस सहकारीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको पाइएको छ । निक्षेप जम्मा नहुने, निक्षेप फिर्ताको ताकेताले बैंकहरुको ब्याज समयमा तिर्न नसक्दा कयौं सहकारीको सम्पत्ती रोक्का र लिलामीको प्रक्रिया अघि बढ्ने सम्भावना रहेको एक सहकारीकर्मीले बताए । उनले भने, अहिले निक्षेप फिर्ताको सम्भावना छैन, नगद संकलन शुन्य प्रायःछ, यस्तो अवस्थामा बैंकको ब्याज तिर्नु कि ? निक्षेपकर्ताको रकम फिर्ता गर्नु ? यसैबीच, नविल बैंकले हिजो मात्रै बैंकको स्वामित्वमा रहेको घरजग्गाको विक्रिका लागि सुचना प्रकाशित गरेको छ ।