Monday, July 28, 2025

२०८२ श्रावण १३, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चितवनको लोडसेडिङ होइन,प्राविधिक समस्याः प्राधिकरण


चितवनको लोडसेडिङ होइन,प्राविधिक समस्याः प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चितवनको चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा देखिएको विद्युत् आपूर्ति समस्या केवल प्राविधिक रहेको भन्दै समाधानका लागि काम भइरहेको र दुई–तीन दिनभित्र नियमित आपूर्ति सुरु हुने जनाएको छ । गर्मीका कारण माग उच्च भएको भन्दै चनौली वितरण केन्द्रले आइतबारदेखि दिनको ६ घण्टा विद्युत् आपूर्ति कटौती हुने सूचना जारी गरेको थियो। बिहान ३ घण्टा र दिउँसोदेखि साँझसम्म ३ घण्टा गरी कुल ६ घण्टा कटौती गरिने जानकारी केन्द्र प्रमुख राजकुमार श्रेष्ठले दिएका थिए । चनौली वितरण केन्द्रबाट पश्चिम चितवन र माडी क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको छ।

‘यसलाई लोडसेडिङ भनेर भन्न मिल्दैन,’ श्रेष्ठले भने, ‘हाल सिँचाइका लागि विद्युत्‌को अत्यधिक माग भएकोले फिडरअनुसार भार व्यवस्थापन गर्नुपरेको हो। पानी नपरेको कारण मोटरहरू चलाउँदा लाइनमा समस्या आएको हो। यो समस्या चाँडै समाधान हुन्छ, मंगलबार वा बुधबारदेखि अवस्था सहज हुनेछ।’

चनौली वितरण केन्द्रमा हाल आठवटा फिडर छन्, जसअनुसार केन्द्रले लाइन अवरुद्ध हुने तालिका सार्वजनिक गरेको थियो। आइतबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले ‘लोडसेडिङ नेपालका लागि इतिहास भइसकेको’ भन्दै यस सम्बन्धमा अतिरञ्जनापूर्ण समाचार प्रकाशन तथा प्रसारण गरिनु अनुचित भएको जनाएको छ।

‘एक दिनका लागि आन्तरिक लोड व्यवस्थापनका लागि सार्वजनिक गरिएको तालिकाले सिर्जना गरेको अन्योलप्रति प्राधिकरण सचेत छ,’ विज्ञप्तिमा उल्लेख छ। प्राधिकरणका अनुसार चनौली ३३र११ केभी सबस्टेसनमा न्यू भरतपुर ९बसेनी० सबस्टेशनबाट आउने ३३ केभी लाइनमा अत्यधिक लोडका कारण समस्या देखिएको हो। सो समस्या समाधानका लागि आवश्यक प्राविधिक कार्य भइरहेको जानकारी दिइएको छ।