Sunday, October 26, 2025

२०८२ कार्तिक १०, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सार्वजनिक निकायबाट हुने सबै प्रकारको भुक्तानी अब अनिवार्य विद्युतीय प्रणालीबाट गर्नुपर्ने परिपत्र


सार्वजनिक निकायबाट हुने सबै प्रकारको भुक्तानी अब अनिवार्य विद्युतीय प्रणालीबाट गर्नुपर्ने परिपत्र

सार्वजनिक निकायबाट हुने सबै प्रकारको भुक्तानी अब अनिवार्य विद्युतीय प्रणालीबाट गर्नुपर्ने भएको छ । अर्थ मन्त्रालयले आइतबार सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, संस्थान, बोर्ड र समितिका नाममा परिपत्र जारी गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ को सुरु (१ साउन २०८२) बाटै यो व्यवस्था लागू गर्न भनेको हो ।

आव २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार परिपत्र जारी गरिएको मन्त्रालयले जनाएको छ । बजेटको बुँदा नम्बर ३३५ मा अब सबै प्रकारको भुक्तानीलाई अनिवार्य विद्युतीय प्रणाली मार्फत गर्ने उल्लेख थियो । यससँगै सरकारी र सार्वजनिक निकायबाट हुने नगद तथा चेकमार्फत हुने भुक्तानी रोकिने छ ।