Tuesday, December 03, 2024

२०८१ मंसिर १८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

इलेक्ट्रिक एसयूभी नयाँ सेरेस—३ सार्वजनिक


इलेक्ट्रिक एसयूभी नयाँ सेरेस—३ सार्वजनिक

काठमाडौं । नेपालका लागि सेरेस इभीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि अटोकर्प प्रालिले अत्याधुनिक फिचर र क्षमताको समिश्रण भएको इलेक्ट्रिक एसयूभी नयाँ सेरेस—३ सार्वजनिक गरेको छ । इलेक्ट्रिक एसयूभीको असीमित क्षमता दर्शाउन ‘लिमिटेडलेसनेस’ अर्थात ‘असीमितता’ ट्यागलाइन प्रयोग गरिएको यो एसयूभी सहरका चिल्ला सडकमा मात्र होइन असहज ग्रामिण भूगोलका लागि पनि उपयुक्त हुने कम्पनीले जनाएको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच नयाँ सेरेस—३ लाई सेरेसका उपाध्यक्ष जो झोउ र एमएडब्लू वृद्धिका अध्यक्ष बिष्णुकुमार अग्रवालसहितको उपपस्थितिमा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । नयाँ सेरेस—३ अनावरणको मुख्य आकर्षण स्प्लिट स्क्रिन एलइडी डिस्प्लेबाट नाटकीय रुपमा बाहिर निस्कनु थियो । यो प्रस्तुतिले दर्शकलाई मोहित बनाउनुका साथै यो इलेक्ट्रिक एसयूभीको ट्यागलाइन ‘लिमिटेडलेसनेस’ लाई पनि समेटेको छ ।