Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मुलुकभर ९२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ, मधेशमा रोपाइँ कम हुदाँ चामल आयात गर्नुपर्ने बाध्यता


मुलुकभर ९२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ, मधेशमा रोपाइँ कम हुदाँ चामल आयात गर्नुपर्ने बाध्यता

काठमाडौं ।  मौसममा आएको प्रतिकुलताका कारण यो वर्ष ढिलोगरि धानरोपाई सकिएको छ । मुलुकभर खेती योग्य जमिन मध्ये ९२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

साउन अन्तिमसम्म करिब ९५ प्रतिशत रोपाई हुने गरेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार भदौ १ गतेसम्ममा देशभर १३ लाख ७५ हजार १३४ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । मुलुकमा कुल १४ लाख ८८ हजार ४९ हेक्टर धान उत्पादन हुने खेती योग्य जमिन छ । सबै भन्दा बढी धान उत्पादन हुने मधेश प्रदेशमा ८२ प्रतिशत रोपाई सम्पन्न भएको छ । ढिलोगरि बर्षा हुदा मधेशमा यस पटक धान उत्पादनमा कमि आउने देखिएको छ ।

कर्णाली र सुदूरपश्चिममा भने ९९ प्रतिशत रोपाई भएको मन्त्रालयको तथ्यांक छ । कर्णालीमा ४४ हजार ७ सय १४ हेक्टर र सुदूरपश्चिममा १ लाख ७६ हजार ३ सय ५९ हेक्टरमा रोपाई भएको छ । गत वर्ष कर्णालीमा ९९ र सुदूरपश्चिममा शतप्रतिशत रोपाइ“ भएको थियो । कोशीमा भने रोपाइ“ प्रतिशत उस्तै छ । गत वर्ष साउन २८ सम्म ९७ प्रतिशत रोपाइ“ भएकामा भदौ १ सम्म ९७ प्रतिशत नै रोपाइँ भएको छ । कोशीमा ३ लाख ४० हजार८ सय २९ हेक्टरमा धान रोपाइ“ हुन्छ ।

यसैगरी, वाग्मतीमा भदौ १ सम्म ९३ प्रतिशत अर्थात् १ लाख ५ हजार ९ सय ६४ हेक्टरमा रोपाइँ भएको छ । गत वर्ष साउन २८ सम्म ९७ प्रतिशत अर्थात् १ लाख १७ हजार ५ सय ६९ हेक्टरमा रोपाइँ भएको थियो । भदौ १ सम्म गण्डकीमा ९४ प्रतिशत अर्थात् ९२ हजार १ सय ६७ हेक्टरमा रोपाइँ भएको छ । गत वर्ष साउन २८ सम्म ९७ प्रतिशत अर्थात् ९७ हजार ५ सय ६ हेक्टरमा रोपाइँ भएको थियो । लुम्बिनीमा भदौ १ सम्म ९५ प्रतिशत अर्थात् २ लाख ९५ हजार ४ सय ७ हेक्टरमा रोपाइँ भएको छ । गत वर्ष साउन २८ सम्म ९० प्रतिशत अर्थात् २ लाख ८९ हजार ६ सय १९ हेक्टरमा रोपाइ“ भएको थियो ।

नेपालको खेती प्रणाली मनसुनमा आधारित छ । करिब २५ देखि ३३ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा छ । जसले गर्दा रोपाइँका लागि मनसुन नै कुर्नुपर्ने बाध्यता छ । नेपालमा आर्थिक वर्ष ०७९/८० मा १९ अर्ब ९९ करोड ४४ लाख रुपैयाँको धान र १५ अर्ब ९१ करोड २४ लाखको चामल आयात भएको छ । धेरै धानबाली उत्पादन हुने मधेशमै कम रोपाइँ हुँदा आयात थप बढ्न सक्नेछ ।