काठमाडौं । सिरहामा यस वर्ष आँप उत्पादनमा गिरावट आएको छ । कृषि ज्ञान केन्द्र सिरहाका अनुसार चालू आर्थिक वर्षमा आँप उत्पादन ५९ हजार ८६६.५ मेट्रिक टनमा सीमित भएको छ । गएको वर्ष ९९ हजार दुई सय ३५ मेट्रिक टन उत्पादन भएको थियो । यो अघिल्लो वर्षको तुलनामा झन्डै ४० प्रतिशत कमी रहेको केन्द्रले जनाएको छ । गएको वर्ष नौ हजार हेक्टर क्षेत्रफलमा ९९ हजार दुई सय ३५ मेट्रिक टन आँप उत्पादन भएको थियो ।
सिरहामा यस वर्ष आँप उत्पादनमा गिरावट