Saturday, August 02, 2025

२०८२ श्रावण १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्रिय कोदो दिवस मनाइँदै,नेपालमा आयात बढ्यो, उत्पादन बढेन


राष्ट्रिय कोदो दिवस मनाइँदै,नेपालमा आयात बढ्यो, उत्पादन बढेन

काठमाडौं । कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस   मनाइँदैछ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा ‘कोदोजन्य परिकारको आहार स् खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम हुँदैछन् ।

देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने कृषि विभागको भनाइ छ । कृषि विभागका अनुसार गएको आर्थिक वर्षमा ७६ करोड ६३ लाख ८६ हजार रुपैयाँ बराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको छ । पानी नपरेर धान रोपाइँ हुन नसकेको मधेशलगायतका ठाउँमा वैकल्पिक बालीको रुपमा कोदो खेती गर्न सकिने विज्ञहरुको भनाइ छ ।

राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक) का प्रमुख डा।बालकृष्ण जोशीका अनुसार सुक्खा क्षेत्रमा अब कोदोजन्य बाली विकल्प हुन   सक्छ । तर धेरै किसानले एकैपटक समस्या भोगेकाले यी वैकल्पिक बालीको बीउ अभाव हुने देखिन्छ । कोदोजन्य बालीअन्तर्गतका कोदो, चिनो, कागुनो, सामा, जुनेलो, धानकोदोलगायतको विस्तार गरी खेती बढाउन सकेमा खाद्य सुरक्षाको आधार बन्ने विज्ञहरु बताउँछन् ।

यसले खाद्य सुरक्षासँगै स्वास्थ्य सुरक्षा, पोषण सुरक्षा, वातावरण सुरक्षालगायतमा पनि टेवा पुर्‍याउँछ । कम पानी, थोरै मल, कम मेहनतमा पनि सहजै र देशैभर उत्पादन गर्न सकिने कोदोजन्य बालीको उत्पादन बढाउन दिवसको एक दिन मात्र नभएर अब अभियानकै रुपमा कार्यक्रम लैजानुपर्नेमा विज्ञहरुले जोड दिँदै आएका छन् ।