Monday, January 12, 2026

२०८२ पुष २८, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

महिन्द्राको नयाँ ट्विन पीक २ एस सर्भिस सेन्टर कुपन्डोलमा


महिन्द्राको नयाँ ट्विन पीक २ एस सर्भिस सेन्टर कुपन्डोलमा

ललितपुर । नेपालका लागि महिन्द्रा फोरव्हीलरको आधिकारिक बिक्रेता अग्नि ग्रुप (बालाजु अटो वर्कस)ले सेवाग्राहीहरुको सुविधाका लागि कुपण्डोलको, ललितपुरमा नयाँ ट्विन पीक २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।

क्षेत्रीय प्रबन्धक जोइदीप मोइत्रा, क्षेत्रीय प्रबन्धक, क्याबिनेट श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक सुसन श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले सर्भिस सेन्टरको सामूहिक उद्घाटन गरेका थिए।

बालाजु अटो वर्क्सले नयाँ २ एस ट्विन पीक सर्भिस सेन्टरमा गुणस्तरीय सेवाको अनुभव गर्न ग्राहकहरूलाई आग्रह गरेको छ। अग्नि ग्रुपले हाल नेपालभर आफ्ना नेटवर्कहरूबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा दिइरहेको जनाएको छ।