Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विश्व बैंकले नेपाललाई १५० मिलियन अर्थात् २० अर्ब आर्थिक सहयोग गर्ने


विश्व बैंकले नेपाललाई १५० मिलियन अर्थात् २० अर्ब आर्थिक सहयोग गर्ने

काठमाडौं । नेपालको प्राकृतिक प्रकोप विपद् सुरक्षाका लागि विश्व बैंकले १५० मिलियन अर्थात् २० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ । हालैमात्र अमेरिकाको भ्रमणमा रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अर्थसचिव रामप्रसाद घिमिरेले गत अक्टोबर २३ मा विश्व बैंकबाट लिने सहुलियतपूर्ण कर्जाको सन्दर्भमा सम्झौता गरेका हुन् ।

विश्व बैंकका लागि दक्षिण एसियाली मुलुकहरु माल्दिभ्स, नेपाल र श्रीलंका हेर्ने क्षेत्रीय निर्देशक डा।मार्टिन रेसर र अर्थसचिव घिमिरेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

 

सम्झौता अनुसार विश्व बैंकले नेपाललाई उपलब्ध गराउने उक्त ऋण नेपालले प्राकृतिक प्रकोप र जलवायु परिवर्तन रोकथाम तथा विपद् उदार कार्यको क्षेत्रमा लगाउनेछ ।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष मार्टिन रेसरले भने, ‘नेपालको जलवायु सम्बन्धी गतिविधि र प्राकृतिक प्रकोपको क्षेत्रमा काम गर्न यो सहयोग विशेष हुनेछ ।’