Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ज्योति विकास बैंकको कार्डरहित रकम निकाल्ने सेवा


ज्योति विकास बैंकको कार्डरहित रकम निकाल्ने सेवा

काठमाडौं । ज्योति विकास बैंकले डेबिट कार्ड बिना नै एटीएमबाट पैसा निकाल्न सकिने गरि कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । यो सुविधा अन्तर्गत ग्राहकले बैंकको मोबाइल बैंकिङ एप तथा वेब ब्राउजरमार्फत प्राप्त ओटीपी कोडलाई एटीएम मेसिनमा प्रयोग गरि सहज र सुरक्षित तरिकाले रकम झिक्न सक्नेछन् ।

डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै ग्राहकलाई सहजता प्रदान गर्ने हेतुले यस विकास बैंकले यो आधुनिक बैंकिङ सेवा विस्तार गरेको जनाएको छ । बैंकको मोबाइल बैकिङ एप ‘ज्योति स्मार्ट’ तथा वेब ब्राउजर ज्योतिस्मार्ट डटजैबीबीएल डककम डटएनपीमार्फत यो सेवा प्रयोग गर्न सकिनेछ । बैंकको मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकले यस विकास बैंकका देशभर रहेका ७५ वटै एटीएमबाट यो सेवा प्रयोग गरी आफूले चाहेको समयमा नगद निकाल्न सक्नेछन् ।

बैंकको यो सुविधा प्रयोग गर्नका लागि ज्योतिस्मार्ट प्रयोगकर्ताहरूले एप भित्र रहेको ‘पेमेन्ट’ आइकनमा थिचे पछि देखिने ‘कार्डलेस विथड्रल’ आइकनमा ट्याप गरी मागिएको विवरण प्रदान गर्नुपर्नेछ । तत् पश्चात, ज्योति विकास बैंककै एटिएममा गई ‘कार्डलेस ट्रान्सेक्सन’ चयन गरी आफ्नो मोबाइल नम्बर, निकाल्नुपर्ने रकम (मोबाइल बैंकिङ एपमा चयन गरिएको) र मोबाइलमा प्राप्त ‘ओटीपी कोड’ राखी इच्छाइएको रकम झिक्न सकिनेछ ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्र्तगत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेर नागरिकको सर्वोत्तम हित प्राथमिकतामा राखेको बैंकको भनाइ छ ।

सम्बन्धित सामग्री