Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ब्यवसायमा आक्रमक वाणिज्य बैंकहरु, पूँजीकोषमा भने चाप पर्दै


ब्यवसायमा आक्रमक वाणिज्य बैंकहरु, पूँजीकोषमा भने चाप पर्दै

काठमाडौं । पूँजी वृद्धि तथा मर्जरसँगै व्यवसाय विस्तारमा आक्रामक भएका बैंकहरूलाई प्राथमिक पूँजीकोषमा चाप पर्न थालेको छ ।

वाणिज्य बैंकहरूमा प्राथमिक पूँजी अनुपात नेपाल राष्ट्र बैंकले तोकेभन्दा कम हुन थालेपछि उनीहरू पूँजी वृद्धिको लागि हकप्रद वा प्राथमिक पूँजीमा गणना गर्न पाउने गरी ऋणपत्रको माग गर्न थालेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार गत चैतमा वाणिज्य बैंकहरूको औसत प्राथमिक पूँजीकोष अनुपात १० दशमलव १६ प्रतिशत छ । २०७९ असारमा यस्तो अनुपात १० दशमलव ७३ प्रतिशत थियो ।

बैंकहरूले प्राथमिक पूँजीकोष अनुपात न्यूनतम ८ दशमलव ५ प्रतिशत कायम गर्नुपर्छ । पूँजीकोष अनुपात तोकिएभन्दा कम भए राष्ट्र बैंकले त्यस्ता बैंकलाई लाभांश वितरण गर्न दिँदैन । कर्जा प्रवाह गर्दा प्राथमिक पूँजीकोष अनुपातमा दबाब बढ्ने भएकाले तरलता सहज भए पनि बैंकहरूले व्यवसाय विस्तार गर्न सकेका छैनन् ।

२०७९ चैतमा ११ ओटा बैंकको प्राथमिक पूँजीकोष अनुपात एकल अंकमा छ । यसमध्ये सबैभन्दा कम प्रभु बैंकको ८ दशमलव ६१ प्रतिशत छ । यस्तै सिद्धार्थ, एन।आई।सी। एशिया र माछापुच्छ«ेको पनि पूँजीकोष अनुपात ९ प्रतिशतभन्दा कम छ ।

पूँजीकोषमा दबाब रहेका लक्ष्मी र सन्राइज बैंकले मर्जरका लागि सम्झौता गरी प्रक्रिया अघि बढाइसकेका छन् ।

सम्बन्धित सामग्री