Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

महानगर यातायात प्रालिको थप सेवा बिस्तार, ४० वटा टाटाका बस सञ्चालनमा

sf] yk ;]jf la:tf/,


महानगर यातायात प्रालिको थप सेवा बिस्तार, ४० वटा टाटाका बस सञ्चालनमा

काठमाडौं । महानगर यातायात प्रालिले सेवा विस्तार गर्दै आजबाट थप ४० वटा बस सञ्चालनमा ल्याएको छ । बिहिबार नैकापस्थित सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेड आयोजित एक कार्यक्रममा उक्त ४० वटा नयाँ बसको साँचो महानगर यातायातलाई हस्तान्तरण गरिएको हो ।

२० करोड लगानीमा उक्त बस सञ्चालनमा आएको हो । यी बसहरू ३२ सिट क्षमताका हुन्। बसको लम्बाई साढे आठ मिटर छ। थपिएको बस बिहिबारदेखि नै चक्रपथको विभिन्न रुटसहित चन्द्रागिरी, गोदाम, थानकोटदेखि काभ्रेको बनेपाहुँदै धुलिखेलसम्म पुग्नेछ ।

नयाँ बस थपिएसँगै महानगर यातायातको बस संख्या ८९ पुगेको छ। कम्पनीले आगामी दुई महिनाभित्रमा दश वटा विद्युतीय बस समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ।