Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्र बैंकले कर्जाको उपयोगिता बारे अध्ययन गर्दै


राष्ट्र बैंकले कर्जाको उपयोगिता बारे अध्ययन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको उपयोगिताको अध्ययन गर्ने भएको छ । त्यसका लागि राष्ट्र बैंकले आवेदन दिन योग्य इच्छुक परामर्शदाता फर्मलाई बोलपत्र आह्वान समेत गरेको छ ।

राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा। प्रकाशकुमार श्रेष्ठले अहिलेसम्म ऋणको उपयोगिताका बारेमा अध्ययन नभएको र अब सुष्म रुपमा अध्ययन गरिने बताए । पछिल्लो समय यसबारे सरोकारवालाबाट अर्थतन्त्रमा उपलब्धि नदेखिएको गुनासो आएकाले यसबारे योग्य परामर्शदाताबाट अध्ययन गर्न खोजिएको हो।

कतिपय उद्योगी तथा व्यवसायीले एक शीर्षकमा कर्जा लिएर अर्कोमा लगानी गरिएको चर्चा भएको थियो। धेरैको आशंका अन्य शिर्षकमा कर्जा लिएर घरजग्गा, शेयरमा लगानी गरिएकोे आशंका छ। यसैले राष्ट्र बैंकले पनि कर्जाको दुरुपयोग नहोस् भनेर चालू पुँजी कर्जामा कडाई गरिएको थियो।

केन्द्रीय बैंकमा जनशक्ति कम भएकाले बाहिरी विज्ञ, परामर्शदाता फर्मबाट अध्ययन गर्न लागेको उनले बताए। केन्द्रीय बैंकको सम्पत्ति र सेवा व्यवस्थापन विभागले मंगलबार सूचना जारी गर्दै नेपालमा निर्देशित ऋण कार्यक्रमको उपयोगिता र प्रभावकारिताको अध्ययनका लागि परामर्शदाता फर्मलाई आवेदन दिन पुनः अनुरोध गरेको छ।