काठमाडौं । विश्वका ५० करोड मानिस आधुनिक श्रम शोषणमा, पहिलोमा भारत र दोस्रोमा चीन
काठमाडौं । विश्वभरका करिब ५० करोड मानिस आधुनिक दास रहेको बालफ्री फाउन्डेसनको रिर्पाेटले जनाएको छ । अन्तराष्ट्रिय श्रम संगठन, बालफ्री र इन्टरनेसनल अर्गनाईजेसन फर माइग्रेसनका अनुसार पछिल्लो पाँच बर्षमा आधुनिक दास उल्लेख्य वृद्धि भएको जनाएको हो ।
उक्त रिर्पाेटको अनुसार आधुनिक दास बनाउँनेमा सबैभन्दा बढी भारत रहेको छ । तथ्यांक अनुसार भारतमा १ करोड १० लाख भन्दा बढी ब्यक्तिहरु बाध्यकारी श्रम र बाध्यकारी विवाह गरिरहेका छन् । दोस्रो नम्बरमा चीन रहेको छ, चीनमा ५८ लाख मानिस आधुनिक दास बन्न बाध्य भएका छन् ।
त्यस्तै, तेस्रो नम्बरमा रुस रहेको छ जहाँ १९ लाख मानिस आधुनिक दास छ । त्यसपछि चौथो नम्बरमा इन्डोनेसिया छ यहाँ १८ लाख, टर्कीमा १३ लाख र अमेरिकामा ११ लाख मानिसहरु आधुनिक दास रहेको बालफ्री इन्टरनेसनल अर्गनाइजेसनले निकालेको रिर्पाेटमा उल्लेख छ ।
आधुनिक दासत्वको पछिल्लो विश्वव्यापी अनुमान अनुसार २०२१ मा ५ मिलियन मानिस आधुनिक दासत्वमा बाचिरहेका थिए । जसमा २ करोड ८० लाखलाई आधुनिक दास बनाएको उक्त रिर्पाेटमा उल्लेख गरिएको छ ।
पछिल्लो ५ बर्षमा आधुनिक दासत्वमा रहेका मानिसमा उल्लेख्य वृद्धि भएको हो । सन् २०१६ को विश्वब्यापी अनुमानको तुलनामा २०२१ मा १० करोड भन्दा बढी मानिसहरु आधुनिक दासत्वमा थिए । जसमा महिला र बालबालिकाहरु असमान रुपमा असुरक्षित छन् ।
यौन शोषण
जबरजस्ती श्रम र जबरजस्ती श्रमका अधिकांश घटनाहरु नीजि क्षेत्रमा रहेको रिर्पाेटमा उल्लेख गरिएको छ । जसमा ८६ प्रतिशत नीजि क्षेत्रमा दासत्व भएको पाईएको छ । ब्यवसायिक यौन शोषण बाहेक अन्य क्षेत्रमा जबरजस्ती श्रमको ६३ प्रतिशत ओगटेको छ भने जबरजस्ती ब्यवसायीक यौन शोषणले २३ प्रतिशत रहेको छ । जसमध्ये औषतमा ५ मध्ये ४ जना महिला वा केटीहरु जबरजस्ती यौन शोषणमा परेका छन् ।
आप्रवासीहरु बढी श्रम शोषणमा
रिर्पाेटका अनुसार सबै भन्दा बढी श्रम शोषण आप्रवासीहरुलाई गरिएको छ । श्रम आप्रवासनले ब्यक्ति, घरपरिवार, समुदाय र समाजमा धेरै हदसम्म सकारात्म प्रभाव पारेको भएपनि रिर्पाेट अनुसार आप्रवासीहरु बिशेष गरी जबरजस्ती श्रम र ओसारपसारको जोखिममा पर्ने देखाएको हो ।