Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ओमानले जेठ १८ बाट पुनःश्रम स्वीकृति दिन तयारी


ओमानले जेठ १८ बाट पुनःश्रम स्वीकृति दिन तयारी

काठमाडौं । ओमानमा रहेको नेपाली दूतावासले जेठ १८ देखि पुनः श्रम स्वीकृति दिने तयारी गरेको छ । सरकारले विदेशमा रहेका नेपाली दूतावाबाट पनि पुनः श्रम स्वीकृति सेवा प्रदान गर्ने निर्णय गरेसँगै जेठ १८ देखि ओमानबाट पनि पुनः श्रम स्वीकृति दिने तयारी गरेको हो ।

दूतावासका अनुसार दैनिक १५ जनालाई पुनः श्रम स्वीकृति प्रदान गर्ने छ तर सेवा लिने बढ्दै गएमा आवश्यकता अनुसार दैनिक सेवा प्रवाह गर्ने सङ्खया थपघट गर्न सकिने छ । कतार दूतावासको यो तयारीसँगै करार अवधि सकिएर पुनः श्रम स्वीकृतिका लागि स्वदेश आउनुपर्ने बाध्यता हटेको छ ।

पुनः श्रम स्वीकृति लिनका लागि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा आबद्ध भएर अनलाइनबाटै आवेदन दिन सकिने जनाइएको छ । श्रम स्वीकृति लिनका लागि कल्याणकारी कोषमा, जीवन बीमा र सामाजिक सुरक्षा कोषमा रकम बुझाउन पर्ने हुन्छ । कनेक्ट आइपिएस, इसेवा र खल्तीलगायतका एपबाट यस्तो रकम तिर्न सकिने व्यवस्था गरिएको दूतावासले जनाएको छ ।