Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

कर्जा सूचना केन्द्रको कालो सूचीमा पर्नेको संख्या उकालो लाग्दै


कर्जा सूचना केन्द्रको कालो सूचीमा पर्नेको संख्या उकालो लाग्दै

काठमाडौं । चालू आर्थिक बर्षको १० महिनाको तथ्यांक अनुसार दैनिक औषत ७४ व्यक्ति, कम्पनी वा संस्था कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका छन् । साउनदेखि वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने र चेक बाउन्स हुने २२ हजार ३ सय ७४ कालोसूचीमा परेका छन् ।

१० महिनाको संख्या हालसम्म कालोसूचीमा पर्ने कुल संख्याको ८१.४१ प्रतिशतले बढेको हो । अर्थात्, चालू आर्थिक बर्षमा कालोसूचीमा पर्नेको संख्या झन्डै दोब्बर हुने सम्भावना देखिएको छ ।

२०७९ असार मसान्तसम्म कालोसूचीमा पर्नेको कुल संख्या २७ हजार ४ सय ७६ रहेको थियो । चालू आर्थिक बर्षको १० महिनामा कालोसूचीमा पर्नेको संख्या ८१.४१ प्रतिशतले बढेर ४९ हजार ८ सय ५० पुगेको कर्जा सूचना केन्द्रले जनाएको छ ।चालू आर्थिक वर्षको १० महिनाको तथ्यांक अनुसार दैनिक औषत ७४ व्यक्ति, कम्पनी वा संस्था कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका छन् । साउनदेखि वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने र चेक बाउन्स हुने २२ हजार ३ सय ७४ कालोसूचीमा परेका छन् ।

१० महिनाको संख्या हालसम्म कालोसूचीमा पर्ने कुल संख्याको ८१.४१ प्रतिशतले बढेको हो । अर्थात्, चालू आवमा कालोसूचीमा पर्नेको संख्या झन्डै दोब्बर हुने सम्भावना देखिएको छ ।

२०७९ असार मसान्तसम्म कालोसूचीमा पर्नेको कुल संख्या २७ हजार ४ सय ७६ रहेको थियो । चालू आर्थिक बर्षको १० महिनामा कालोसूचीमा पर्नेको संख्या ८१.४१ प्रतिशतले बढेर ४९ हजार ८ सय ५० पुगेको कर्जा सूचना केन्द्रले जनाएको छ ।