Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

१० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रेमिट्यान्समार्फत मुलुक भित्रियो


१० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रेमिट्यान्समार्फत मुलुक भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिना (साउनदेखि फागुन) सम्ममा रेमिट्यान्समार्फत १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ९.४ प्रतिशतको वृद्धि भएको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनमा उल्लेख छ ।


गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १८.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ६.९ प्रतिशतले बढेर ७ अर्ब ७४ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो । गएको आठ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४ सय ३ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ८५ हजार ३ सय ५२ र १ लाख ८२ हजार ७ सय ८३ रहेको थियो ।