Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

असारसम्ममा कर्जाको ब्याज अझै घट्छः अध्यक्ष केसी


असारसम्ममा कर्जाको ब्याज अझै घट्छः अध्यक्ष केसी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ कर्जाको ब्याजदर घट्दै गएको र असारमा अझै घट्ने बताएका छन् । सोमबार संघले आयोजना गरेको छलफलमा बोल्दै अध्यक्ष केसीले अन्तिम २ महिनामा सरकारको खर्च बढ्ने भएकाले जेठ र असारमा थप २ खर्ब निक्षेप बढ्ने अनुमान गरिएको बताए ।

‘अहिलेसम्मको कर्जा विस्तार हेर्दा आगामी दुई महिनामा थप १.५ खर्ब कर्जा विस्तार हुने र समग्रमा गत वर्षभन्दा ६ प्रतिशतले कर्जा बढ्ने देखिन्छ’ केसीले भने । एनएबमी बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका अध्यक्ष केसीले कर्जा प्रवाह मौद्रिक नीतिको लक्ष्य अनुसार नहुने बताउँदै आगामी दिनमा सरकारको खर्च बढ्दा बैंकिङ प्रणालीमा तरलता थप हुँदै जाने बताए ।