Tuesday, August 19, 2025

२०८२ भाद्र ३, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भारतमा २ हजार रुपैयाँको नोट सटही सुरु


भारतमा २ हजार रुपैयाँको नोट सटही सुरु

काठमाडौं । भारतमा चलन चल्तीमा रहेका २ हजार रुपैयाँको नोट सटही हुन थालेको छ । भारतीय रिजर्व बैंक ९आरबीआई० ले रुपैयाँ सटही गर्ने कानूनी गाइडलाइन ल्याएसँगै २ हजार रुपैयाँको नोट फिर्ता हुने थालेको हो ।

आजदेखि सो रुपैयाँ सटही सुरु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आमनागरिकले २ हजार रुपैयाँको नोट सेप्टेम्बर ३० सम्म साट्न सक्ने छन् । आरबीआईले गत शुक्रबार विज्ञप्ति जारी गर्दै २ हजार दरको नोट फिर्ता लिने निर्णय गरेको थियो । सो रुपैयाँ सन् २०१६ मा भारत सरकारले ५ सय र १ हजार दरका नोट फिर्ता लिएपछि चलन चल्तीमा आएको थियो ।