काठमाडौं । राष्ट्र बैंक नियमविपरीत काम गर्ने ४ वटा विकास बैंक र १ फाइनान्स लाई राष्ट्र बैंकले कारबाही गरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा मात्र यी वित्तीय संस्थालाई राष्ट्र बैंकले कारबाही गरेको हो ।
जसअनुसार कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकलाई निर्देशित कर्जा निक्षेप अनुपात नपुगेको कसुरमा जनही नगद कारबाही गरिएको छ ।
तीमध्ये नारायणी डेभलपमेन्ट बैंकलाई अनिवार्य नगद अनुपात सीआरआर नपु¥याएको कसुरमा पनि राष्ट्र बैंकले प्रथम, दोस्रो र तेस्रो त्रैमासमा नगद जरिवाना गराएको छ ।