Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

घटेको भाडादर लागू भएन, फिर्ता दिदैनन् खुद्रा पैसा

सहचालकले सधैँ घटेको मूल्य सूची पाएका छैनौँ भन्दै १...


घटेको भाडादर लागू भएन, फिर्ता दिदैनन् खुद्रा पैसा

काठमाडौं । सरकारले सवारी साधनको भाडादर घटाएको भएपनि लागू हुन भने सकेको छैन । सरकारले घटाएको भाडादरमा कीर्तिपुर बाट रत्नपार्कको भाडादर १५ रुपैंया (बिद्यार्थी परिचय पत्र भएकाको हकमा) लिनुपर्नेमा २० रुपैंया लिएका छन् । त्यस्तै, बिद्यार्थी कार्ड नभएकाको हकमा २५ रुपैंया लिनुपर्नेमा ३० रुपैंया लिने गरेको पाईएको हो । कीर्तिपुरबाट प्रदर्शनिस्थल स्थित पढ्न जाने बिद्यार्थी रमेश पुडासैनीले बिजनेश दर्शनसँग दुखेसो पोखेका छन् । उनले भने, ‘म यहाँबाट नियमित कलेज जान्छु । सरकारले भाडा घट्यो भन्छ तर त्यो कुरा कीर्तिपुरबाट चल्ने सवारी साधनमा भने लागू भएको छैन । नत यहाँको स्थानिय सरकारले यस बिषयमा ख्याल गरेको छ । नत राज्यका अन्य जिम्मेवार निकायले नै । हामीले माईक्रोवालाले जे जति भन्छन् दिन बाध्य भएका छौं ।’ उनले भने ।

त्यस्तै, कीर्तिपुर बाट रत्नपार्क सम्म नियमित जाने बिद्यार्थी लक्ष्मी जोशीको दुखेसो पनि रमेशकै जस्तो छ । उनले बिजनेश दर्शनसामू भने, ‘सरकारले घोषणा गरेको भाडादर कागजमा मात्रै सिमित भएको छ । नत त्यसको सम्बन्धित निकाय बाट जाँचबुझ हुन्छ । नत्र सवारीसहचालकले भाडा घटाउँछन् । हामी उनीहरुले भने अनुसारको भाडा तिर्न बाध्य भएका छौं ।’दैनिक यात्रागर्दा घटेको मूल्यअनुसार सवारी भाडा तिर्न नपाएको यात्रुको गुनासो छ । कालीमाटीदेखि कीर्तिपुरसम्मको विद्यार्थी भाडादर नघट्दै १२ रुपियाँ थियो । तर हाल पनि १५ रुपैयाँ तिर्नुपर्ने भएको छ । अहिले घट्दा १० रुपैयाँ मात्र तिरे हुनुपर्ने दैनिक पाँच रुपैयाँ बढी तिर्नुपरेको छ ।

सहचालकले सधैँ घटेको मूल्य सूची पाएका छैनौँ भन्दै १५ रुपैयाँ नै लिने गरेका छन् । सहचालकले यसअघि नै १२ रुपैयाँ भाडा रहेको समयमा चानचुन पैसा छैन भन्दै १५ रुपैयाँ नै लिने गरेका थिए । सरकारले घटाएको भाडादर सार्वजनिक सवारीले कार्यान्वयन नगर्दा यात्रु ठगिने गरेका छ । यता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उपाध्यक्ष सरोज सिटौलाले सरकारले घटाएको भाडादर अव्यवहारिक भएको आरोप लगाएका छन् । सरकारले घटाएको भाडादर नै अव्यवहारिक छ । यो व्यावहारिक नभएसम्म कार्यान्वयन गर्न गाह्रो छ ।” बागमती प्रदेश सरकारले दुई हप्ता अघि प्रदेश भित्र सञ्चालन हुने यातायातको भाडादर घटाएको थियो । तर राजधानी काठमाडौंमै यसको पालना भएको छैन ।