Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

शीतल निवासमा धान रोपाइँ,राष्ट्रपति रामचन्द्र पौडेलले भनेःकरेसाबारी बढ्दा धान बाहिरबाट आयात गर्नुपर्न वाध्यता बढ्यो


शीतल निवासमा धान रोपाइँ,राष्ट्रपति रामचन्द्र पौडेलले भनेःकरेसाबारी बढ्दा धान बाहिरबाट आयात गर्नुपर्न वाध्यता बढ्यो

काठमाडौं । आज असार १५ गते अर्थात् धान दिवसको उपलक्ष्यमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा धान रोपाइँ गरि मनाएका छन् । राष्ट्रपति कार्यालयद्वारा शीतल निवासमा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति पौडेल, प्रथम महिला सबिता पौडेलसहित सहभागी थिए ।

रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषि पेसा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रूपमा रोपाइँमा सहभागी भएको बताए । “पहिले देशमा फलफूल तरकारीभन्दा धानकै बढी उत्पादन हुन्थ्यो । धनधान्य भए पनि धानको मात्र उपयोगले खानामा पोषणतत्वको कमी भइरहेको थियो ।

पछि जब करेसाबारी बढ्न थाल्यो धान कम भएर बाहिरबाट आयात गर्न थालिएको छ”, उनले भने, “यसले पनि असन्तुलन भयो । त्यही भएर अब सन्तुलित खानपिनका लागि फेरि धानको उत्पादन, कृषि पेसा र श्रमको सम्मानको संस्कृतिलाई प्रोत्साहन दिन प्रतिकात्मक रूपमा रोपाइँमा सहभागी भएको हुँ”, उनले भने । रोपाइँपछि दही चिउरा खाने कार्यक्रम पनि आयोजना गरिएको थियो ।