Saturday, May 04, 2024

२०८१ बैशाख २२, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

सीआईवीले सहकारीका शेयर सदस्यको रकम फिर्ता गर्ने होइन:सुजिन्द्र महर्जन


सीआईवीले सहकारीका शेयर सदस्यको रकम फिर्ता गर्ने होइन:सुजिन्द्र महर्जन

काठमाडौं । कीर्तिपुर नगरपालिकाका सहकारी व्यवस्थापन शाखा प्रमुख सुजिन्द्र महर्जनले सहकारी सञ्चालकलाई कानुनी दायरामा ल्याउनु समस्याको विकल्प नभएको बताएका छन् । नगरपालिकाको समंन्वयमा सहकारी सञ्चालक तथा केहि शेयर सदस्यहरुसँगको छलफलमा महर्जनले अहिले धेरैले सहकारी सञ्चालकलाई कानुनी दायरामा ल्याउन सीआईवी धाउने गरेको भन्दै त्यो समस्याको समाधान नभएको बताएका हुन् ।

प्रहरी प्रशासन, सीआईबीले शेयर सदस्यको रकम फिर्ता गर्ने नभइ सञ्चालकलाई कानुनी दायरामा ल्याउने, भागेमा पक्राउ गर्ने, विदेश जान रोक लगाउने लगायतका प्रक्रियामात्रै गर्ने भएकाले अहिले सहकारीमा देखिएको समस्या समाधानकालागि शेयर सदस्य र सञ्चालकबीच सहकार्य आवश्यक रहेको बताए । कानुनी दायरामा ल्याए बचत फिर्ता हुन्छ भन्ने भ्रमबाट सदस्यहरुलाई मुक्त हुन आग्रह गर्दै मिलेर समस्याको समाधान गर्न उनले सुझाव दिए ।

उनले भने, ‘सिभिल सहकारीको सञ्चालक थुनामा छ, शेयर सदस्य र बचतकर्ताको रकम फिर्ता हुने कुनै सम्भावना छैन, कहिले हुन्छ भन्ने यकिन पनि छैन् । सबै सम्पत्ति रोक्का छ । यस्तो अवस्थामा बचतकर्ताले कुर्नुको विकल्प छैन’ त्यस्तै, अन्य भागेका सहकारी र पक्राउ परेका सहकारी संस्थाका सञ्चालकको सम्पत्ति रोक्का हुँदा बचतकर्तालाई थप समस्या परेको भन्दै सहकार्य आवश्यक रहेको सुझाए ।

छलफलमा बचतकर्ताहरुले तत्काल रकम फिर्ताकालागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने र सहकारी संस्थाका सञ्चालकले रकम फिर्ताको सुनिश्चिता गर्नुपर्ने माग गरेका थिए । दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष दिनेश दर्शनधारीले पछिल्लो समय सहकारी तथा त्यसका सञ्चालक, कर्मचारीमाथि धम्की आउने गरेको भन्दै त्यसले शेयरसदस्यको रकम थप जोखिममा पर्ने बताए । उनले कीर्तिपुरका अधिकांस सहकारीहरुको प्रत्यक्ष अप्रत्यक्ष रुपमा कहिँ न कहिँ लगानी रहेको भन्दै शेयर सदस्यको रकम फिर्ता गर्न केहि समय लाग्ने बताए ।

उनले सहकारीमा देखिएको समस्या समाधान गर्न आफूहरुले विभिन्न समिति बनाउने तयारी गरेको भन्दै यसमा सबै शेयर सदस्यहरुले पनि साथ दिनुपर्ने आग्रह गरे । अहिलेको जोखिम व्यवस्थापनका लागि दर्शनले कर्जा असुली, सम्पत्ति व्यवस्थापन तथा नगद परिचालन समिति बनाउने तयारी गरेको भन्दै उनले अहिलेको आर्थिक तरलतामा धर्य गर्नु नै प्रमुख कुरा भएको  बताए ।

व्यवस्थापन शाखा प्रमुख महर्जनले अहिले अधिकांस सहकारीहरु समस्यामा रहेको भन्दै समस्या समाधान पनि हामी आफैबाट गर्नुपर्ने बताए । अहिले देशका अधिकांस सहकारी संस्थाहरुमा समस्या रहेको र त्यसको समाधानकालागि स्वयम् सहकारी शेयर सदस्य चनाखो हुनुपर्ने उनको भनाई छ ।