Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

क्रोएसियामा श्रम स्वीकृति लिनेको संख्या करिब २१ गुणाले वृद्धि


क्रोएसियामा श्रम स्वीकृति लिनेको संख्या करिब २१ गुणाले वृद्धि

काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीका लागि युरोपेली देश क्रोएसिया जाने संख्या ह्वात्तै बढेको छ ।

पछिल्लो चार वर्षको तथ्यांक हेर्ने हो भने क्रोएसियामा श्रम स्वीकृति लिनेको संख्या करिब २१ गुणाले वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ६ सय ४५ जनाले श्रम स्वीकृति लिएका थिए । त्यसपछि वर्षहरूमा क्रमशः वृद्धि भइरहेको छ । २०७७/७८ मा १ हजार ८७ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए ।

यस्तै २०७८/७९ मा ५ हजार २ सय ६, २०७९/८० मा ७ हजार १ सय ८६ र २०८०/८१ मा ह्वात्तै बढेर १३ हजार ३ सय ३२ नेपालीले क्रोएसियाको नयाँ श्रम स्वीकृति लिएका छन् ।

गत आव ९५ हजार ३८ जनाले नयाँ श्रम स्वीकृति लिँदा पहिलो नम्बरमा युनाइटेड अबर इमिरेट्स (यूएई)का लागि २० हजार ८ सय ५३ जना छन् भने दोस्रो नम्बरमा क्रोएसिया छ ।