काठमाडौ । मौद्रिक नीतिले आकर्षण देखिएको नेप्से २०.६३ अंकले घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६६० अंकमा झरेको हो । तीन पटकसम्म २७०० नाघेको बजार अन्ततः घटेर बन्द भएको हो । कारोबार सुरु भएको दुई मिनेटमै नेप्से परिसूचक २७३५ अंकसम्म पुगेको थियो ।
बजार घट्दा कारोबार रकम भने उच्च भएको छ । १९ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । ७० कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने ४ को स्थिर रह्यो । फाइनान्स ५६ तथा हाइड्रोपावर समूह २६ अंक बढे भने अरु सबै घटेको छ । बैंकिङ ०.६, विकास बैंक १४२, होटल तथा पर्यटन १९, जीवन बीमा २५२, उत्पादन १३७, माइक्रोफाइनान्स २०६, निर्जीवन बीमा १४०, अन्य ०.५६ र व्यापार १७६ अंक घटेको छ ।