Sunday, May 05, 2024

२०८१ बैशाख २३, आईतवार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

जाजरकोट भूकम्पः गंगटेका २२ घर गन्धर्व तथा दलित परिवारलाई खाद्यन्न र न्यायो कपडा


जाजरकोट भूकम्पः गंगटेका २२ घर गन्धर्व तथा दलित परिवारलाई खाद्यन्न र न्यायो कपडा

काठमाडौं । जाजरकोटको भेरी नगरपालिका वडा ६ गंगटेका भूकम्प प्रभावित २२ घर गन्धर्व परिवारलाई खाद्यन्न, न्यानो कपडा तथा विद्यार्थीकालागि शैक्षिक सामग्री वितरण गरिएको छ । अमेरिकन संस्था HOG HEAVEN BOARD को आर्थिक सहयोग तथा लिगलिगकोट हेरिटेज फर्म हाउसको सहकार्यमा भेरी नगरपालिका वडा ६ र ८ का २२ घर गन्धर्व परिवारर दलितलाई उक्त राहत सामग्री वितरण गरिएको फर्म हाउसका अध्यक्ष केदार गान्धारीले जानकारी दिए । भूकम्प गएको लामो समयसम्म पनि सो गन्धर्व परिवारले राज्यका कुनै निकायबाट आवश्यक सहयोग नपाएपछि संस्थाले सहकार्य सुरुगरेको थियो ।


प्रभावित परिवारका करिब ४५ जना बालबालिकालाई शैक्षिक सामग्री, न्यायो कपडा, प्रति परिवार ५० किलो खाद्यन्न—चामल(दाल, नुन, तेल,सावुन) बलाङकेट, त्रिपाल लगायतका सामग्रीहरु वितरण गरिएको हो ।

जाजरकोटको खलंगाबाट करिब ३ घण्टा कच्ची सडकको यात्रा पछि पुगिने सो बस्तीमा चरम गरिवी, जातिय विभेद तथा शिक्षा, स्वास्थ्य तथा आधारभूत आवश्यकताको कमी देखिएपछि राहत वितरणकालागि पुगेको टोलीले स्थानीय भेरी नगरपालिका ६ का वडा अध्यक्ष शशि बुढासँग साक्षात्कार गरेको थियो ।


वडा अध्यक्ष बुढाले राज्यका रहेक अवसरबाट बञ्चित गन्धर्व समुदायको विकासकालागि आफ्नो कार्यकालमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । साक्षात्कारमा स्थानीय गन्धर्व अगुवा तथा बालबालिकाले चरम जातीय विभेद भोग्नु परेको र स्थानीय सरकारले पनि सहयोग नगरेको गुनासो गरेका थिए ।

वडा अध्यक्ष बुढाले तत्काल सार्वजनिक सुनुवाई मार्फत विभेदको अत्यकालागि प्रयास गर्ने बताए । त्यस्तै अहिलेपनि गन्धर्व बस्तीमा विद्युत पुग्न नसकेकोमा तत्काल यसकालागि सम्बन्धीत निकायमा ताकेता गर्ने बताए । सो वडामा रहेका १८ घर परिवार अहिलेपनि चरम जातिय विभेदको सिकार बन्दै आइरहेको फर्म हाउसका गान्धारीले बताए ।


उनले भने, ‘अहिले पनि सदरमुकाम खलंगाबाट नजिकको दूरीमा रहेको सो वडामा गन्धर्व समुदायमात्रै नभइ अन्य समुदायले पनि जातिय विभेद भोग्दै आएकोमा सम्बन्धी स्थानीय सरकारमा जानकारी गराएका छौं’। बस्तीका अधिकांस युवाहरु बेरोजगार, बालबालिकामा कुपोषण, विद्यालय छोड्ने दर उच्च, स्वास्थ्य लगायतका समस्या रहेको बताए । त्यस्ता समस्या समाधनकालागि राज्य गम्भीर हुनुपर्ने बताए ।