Tuesday, September 23, 2025

२०८२ आश्विन ७, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मल्टीपर्पस फाइनान्स लिमिटेडको हकप्रद शेयर निष्काशन


मल्टीपर्पस फाइनान्स लिमिटेडको हकप्रद शेयर निष्काशन

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ । फाइनान्सले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । अर्थात फाइनान्सले हाल कायम १०० कित्ता शेयर बराबर नयाँ ३५ कित्ता शेयर निष्काशन गर्न लागेको हो।

यस अनुसार फाइनान्सले हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशत अर्थात १५ करोड ८२ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ फाइनान्सले साउन १२ गते बुकक्लोज गरेको थियो । यस अनुसार साउन ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । फाइनान्सको हकप्रद शेयरमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले फाइनान्सलाई आइआरएन सिङ्गल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।